आठौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

आठौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु
तस्विर सौजन्य : topsimages

चैत २७, काठमाडौं । 
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गतका पाँच खेलहरू आजदेखि सुरु भएका छन् ।

प्रदेश नं. ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने भनिएपनि पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि सुरु गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्९राखेप०ले जनाएको छ ।

आजदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हकी, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस सुरु भएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेल समग्रमा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला गरी जम्मा पाँच हजार २११ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।