आयाक्ससँग बराबरीमै रोकियो युभेन्टस

आयाक्ससँग बराबरीमै रोकियो युभेन्टस
तस्विर सौजन्य : The Independent

चैत २८, काठमाडौं । 
इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा आयाक्ससँग १-१ को बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको पहिलो लिगमा नेदरल्यान्ड्सको आयाक्सले युभेन्टसलाई बराबरीमा रोक्न सफल भएको हो । युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गरे भने यता, आयाक्सका डेभिड नेरेशले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफको सुरुवाती समयमै गोल खान पुग्यो । खेलको ४५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए, तर खेलको ४६औं मिनेटमै आयाक्सका नेरेशले  गोल गर्दै  खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल १-१ गोलकै बराबरीमा टुंगिएको हो ।