युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने रोनाल्डोको सपना अधुरै

युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने रोनाल्डोको सपना अधुरै
तस्विर सौजन्य : Sky Sports

बैशाख ४, काठमाडौं । 
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्टस अजाक्ससँग २-१ ले पराजित भएपछि क्रिश्चियानो रोनाल्डोको युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने रोनाल्डोको सपना अधुरै रहेको छ।

युभेन्टसको हारसँगै पाँच पटकका विजेता रोनाल्डोको छैटौं पटक उपाधि जित्ने सपनामा यस सिजनलाई रोकिएको छ। उनले यसअघि ३ फरक क्लब ५ पटक उपाधि जितेका छन्।

             

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि रोनाल्डोले खेलको पहिलो हाफमा २८ औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। तर युभेन्टसको अग्रतालाई अजाक्सले ३४ औं मिनेटमा गोल गर्दै बराबरीमा फर्कायो। अजाक्सका लागि सो गोल डुनी भान डी बीकले गरे।

पहिलो हाफमा १(१ को बराबरीमा सकिएको खेलमा युभेन्टसको उपाधि यात्रामा अजाक्सले खेलको ६७ औं मिनेटमा गोल गर्दै कठिन मोडमा पुर्‍यायो। सो गोल अजाक्सका कप्तान माथिस्सडी लिग्टले गरे।

यस सिजनमा लगातार फममा देखिएको अजाक्स सन् १९९७ पछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो।