सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्लीको जित

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्लीको जित
तस्विर सौजन्य : Times of India

बैशाख ८, काठमाडौं । 
नेपाल किक्रेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ ।

शनिवार राती सम्पन्न  खेलमा किंग्सइलाभेन पन्जावलाई ५ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको हाे ।

१ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे भने शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए ।

दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलो विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका थिए । 

यस्तै, दोस्रो ओभरमा लामिछानेलाई वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले चार चौका प्रहार गरे । विष्फोटक ब्याटिङमा चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे ।

त्यस्तै, लामिछानेले तेह्रौं ओभरको अन्तिम बलमा साम कुरानलाई आउट गरे । यही ओभरको दोस्रो बलमा उनले क्रिश गेललाई आउट गरेका थिए । 

सन्दिपले आफ्नो चार ओभर बलिङमा  ४० रन खर्चिएर ३ विकेट लिएका हुन् । हिजको खेलमा सन्दिपले स्टाइलिस्ट प्लेयसको उपाधी समेत हात पारे । जारी आईपीएलमा पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्।

 दिल्ली १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।