बेन्जिमाको ह्याट्रिकमा रियलको सहज जित

बेन्जिमाको ह्याट्रिकमा रियलको सहज जित

बैशाख ९, काठमाडौं (एजेन्सी)  । 
 स्पेनिस ला लिगा फुटबलमा आइतबार रातीको खेलमा करिम बेन्जेमाले ह्याट्रिकमा गरेपछि रियल म्याड्रिडले  एथ्लेटिको बिल्बाओलाई ३–० गोलले हराएको छ । 

रियलको घरेलु मैदानमा  भएको खेलमा रियलले सबै गोल दोस्रो हाफमा पछि करिम बेन्जिमाले गरे। 

खेलको ४७ औ मिनेटमा मार्को असेन्सियोको पासमा बेन्जेमाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७६ औं मिनेटमा बेन्जिमाले दोस्रो गोल गरे । उनले ९० औं मिनेटमा ग्यारेथ बेलको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 

बेन्जिमाले जारी सिजनमा २१ गेल गरिसकेका छन् । उनले पछिल्ला पाँच खेलमा मात्रै व्यक्तिगत आठ गोल गरेका छन् ।