दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा
तस्विर सौजन्य : delhi capitals

बैशाख १०, काठमाडौं ।

राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।

सोमबार राती जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले पेश गरेको १९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीको जितमा ऋषभ पन्तले ७८, शिखर धवनले ५४ र पृथ्वी शाले ४२ रनको योगदान दिए। राजस्थानका लागि श्रेयस गोपालले २ तथा धवन कुलकर्णी र रियान परागले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । 

दिल्लीको तर्फबाट कगिसो रबाडाले २ विकेट लिए । अक्षर पटेल, इशान्त शर्मा र क्रिस मोरिसले १/१ विकेट लिए ।

हिजोको खेलमा दिल्लीले सन्दीप लामिछानेको सट्टा क्रिस मोरिसलाई टिममा सामेल गराएको थियो ।