एसीसी यु-१६ : नेपाल समुह विजेता हुँदै सेमीफाइनलमा

एसीसी यु-१६ : नेपाल समुह विजेता हुँदै सेमीफाइनलमा
तस्विर सौजन्य : cricketthailand

वैशाख १२, काठमाडौँ ।  
थाइल्यान्डमा जारी एसिसी यु-१६ इस्टर्न रिजन क्रीकेट प्रतियोगिताको  नेपालको तेस्रो खेलमा नेपाल र थाइल्यान्डको खेल बर्षाका कारण ड्र भएपछी नेपाल समूह बिजेता बन्दै सेमिफाइनल प्रबेस गरेको छ ।

टस जिति पहिला ब्याटिङ गरेको नेपाल्ले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउदै २३४ रनको योगफल बनाएको हो।

नेपालको ब्याटिङ लागि आइस भट्टराईले ५८ रनको अर्धसतकिय पारिको योगदन दिए भने कप्तान विशाल बिक्रम केसिले ३८, दिपक बोहोराले ३५, विशाल कुमार पटेल २८, निखिल कुमार सिङ २२, कृष्ण कार्की ११, प्रशान्त महत ९ र रोहन बिकले ७ रनको योगदान दिए । 

थाइल्यान्डको लागि नरवित नुर्चतले ३, योड्सक सरनो नाक्कुनले २ तथा सोरावत देसुननोइन ले १ बिकेट लिए । 

२३५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा थाईल्याण्डले १.५ ओभरमा १ रन पनि नबनाउदा १ विकेट गुमाएको थियो सोहि समयमा वर्षाले खेल बिथोलेपछि खेल रद्ध हुन पुगे पछि दुबै टोलिले १/१ अन्क बाडेका बाडेका हुन् । 

नेपाल समूह ‘ए’ बाट पहिलो हुँदै सेमीफाइनलमा पुगेको छ । समूह ‘ए’ बाट दोश्रो हुँदै मलेसिया पनि सेमीफाइनलमा पुगेको छ । त्यस्तै समुह ‘बि’मा सिंगापुर पहिलो र हंगकंग दोश्रो हुँदै सेमीफाइनल प्रवेश गरेका छन्।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमार बिरुद्ध ७ विकेटको जित हात पारेको थियो भने दोश्रो खेलमा मलेसियालाइ ३९ रनले जितेको थियो ।