बैंग्लोरलाई हराउँदै दिल्ली पुग्यो प्ले अफमा

बैंग्लोरलाई हराउँदै दिल्ली पुग्यो प्ले अफमा
तस्विर सौजन्य : Hindustan Times

वैशाख १६, काठमाडौं ।

रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै दिल्ली क्यापिटल आईपीएलको प्ले अफमा पुगेको छ ।

दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । बैंग्लोरका पार्थिव पटेलले सर्वाधिक ३९ रन बनाए ।

बलिङतर्फ दिल्लीका अमित मिश्रा र राबाडाले २/२ विकेट लिए भने ३ ओभर बलिङ गरेका सन्दीप लामिछानले ३६ रन खर्चिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र श्रेयर आयरको अर्धशतकको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । आयर ५२ र धवन ५० रनको उत्कृष्ट पारी खेले ।