भारतीय महिला लिगको डेब्यू खेलमै सावित्राले गरिन ह्याट्रिक

भारतीय महिला लिगको डेब्यू खेलमै सावित्राले गरिन ह्याट्रिक
तस्विर सौजन्य : khelpati

वैशाख २३, काठमाडौं । 
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राईकर सावित्रा भण्डारीले भारतीय महिला लिग फुटबल प्रतियोगिताको डेब्यू खेलमै ह्याट्रिक गरेकी छन् ।

सेथु एफसीबाट खेलेकी सावित्राले पहिलो खेलमै ४ गोल गरेकी हुन् । उनले मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल गर्दा उनको टोली सेथु ६–४ गोल अन्तरले विजयी भएको हो ।

सावित्राले खेलको पहिलो हाफमै तीन गोल गर्दै ह्याट्रिक गरेकी थिइन् । पहिलो मिनेटको २८ औं सेकेन्डमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी सावित्राले १६ औं मिनेटमा दोस्रो र ३४ औ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

सावित्रा टोली सेथुले अंक तालिकामा ३ अंक जोडेको छ ।