चेन्नईलाई ६ विकेटले हराउँदै मुम्बई आइपिएलको फाइनलमा

चेन्नईलाई ६ विकेटले हराउँदै मुम्बई आइपिएलको फाइनलमा
तस्विर सौजन्य : Yahoo Cricket

वैशाख २५, काठमाडौं । 
मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा  रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । चेन्नाईका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । चेन्नईका लागि अंबाती रायडुले सर्वाधिक ४२ रन जोडे भने कप्तान धोनीले ३७ तथा मुरली विजयले २६ रन जोडे।

लेग स्पिनर राहुलले चेन्नईलाई १३१ रनकै समेट्न लेग स्पिनर राहुलले  महत्वपूर्ण भूमिका निभाए। उनले चेन्नईको दुई विकेट लिए। १९ वर्षिय राहुलले हिजोको खेलमा चार ओभरमा केवल १४ रन खर्चिदै दुई विकेट हात पारे। यसैगरी मुम्बईका लागि क्रुणाल पांड्या र जयंत यादवले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको मुम्बईले १३२ रनको लक्ष्य चार विकेटको नोक्सानीमा १८।३ ओभरमा पुरा गर्‍यो। मुम्बईको जितमा सुर्यकुमार यादव नायक बने । उनकै उत्कृष्ट ब्याटिङमा मुम्बईले फाइनल यात्रा तय गरेको हो । सुर्यकुमार ५४ बलमा १० चौका प्रहार गर्दै ७१ रनमा अविजित रहे । त्यस्तै, इसन किसानले २८ रनको योगदान दिए ।

पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई गुमाएको मुम्बईले २१ रन हुँदा दोस्रो विकेटको रुपमा डी ककलाई गुमाएको मुम्बईका  सुर्यकुमार र किसानले ८० रनको साझेदारी गर्दै पारी सम्हाले ।

बलिङतर्फ इमरान ताहिरले दुई विकेट लिए पनि चेन्नाईलाई जित दिलाउन सकेनन् ।