आईपीएल खेलेर फर्किएका सन्दीपले भने, "पहिलाको भन्दा धेरै सिक्ने अवसर पाएँ"

आईपीएल खेलेर फर्किएका सन्दीपले भने,
तस्विर सौजन्य : kantipur

वैशाख २९, काठमाडौं।   
इण्डियन प्रिमियर लिग (आइपिएल)  खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने  आइतबार साँझ दिल्लीबाट काठमाडौं फर्किएका छन्।

आईपीएल मा दोस्रो पटक अनुभव बटुली फर्किएका  सन्दीपले यस सिजनमा दिल्ली क्यापिटलबाट ६ खेल खेल्दै ८ विकेट लिए । अन्तिम चारमा पुगेको उनको टोली महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग  पराजित भएपछि फाइनल पुग्न चुकेको हो ।

"राम्रो अनुभव भयो तर टिम फाइनल पुग्न सकेन्। म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु, तर पूर्ण सन्तुष्ट छुइनँ। अझ अवसर पाएको भए राम्रो गर्न सक्थें जस्तो लाग्छ ।" त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, "लामो समयपछि ब्रेक पाएको छु, ब्याक पेन पनि छ। परिवारलाई समय दिन्छु। यहाँ प्रधानमन्त्री कप हुन लागेको छ, तर म सहभागी हुने छैन ।"