खेलकुदमा बजेट बढ्यो, मुलपानीलाई १० करोड बिनियोजन

खेलकुदमा बजेट बढ्यो, मुलपानीलाई १० करोड बिनियोजन

जेठ १५, काठमाडौं ।
नयाँ आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै   खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए । अघिल्लो वर्षको तुलनामा खेलकुदको बजेट बढेको हो ।

त्यस्तै,मुलपानी क्रिकेट मैदानका लागि १० करोड विनियोजन गरिएको छ ।  सबै प्रदेशमा सुबिधा सम्पन्न रंगशाला र खेलग्राम बनाउन ४० करोड बजेट विनियोजन गरिएको छ । 

निजि तर्फबाट बन्ने संरचनालाई सरकारले सहयोग गर्ने अर्थमन्त्री खतिवडाले बताएका छन् ।