राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकमा नियुक्त भए उमेश पटवाल, नेपाललाई टी–२० विश्वकप खेलाउने लक्ष्य

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकमा नियुक्त भए उमेश पटवाल, नेपाललाई टी–२० विश्वकप खेलाउने लक्ष्य
तस्विर सौजन्य : Khabarhub

जेठ १७, काठमाडौं । 
नेपाली राष्ट्रिय क्रिक्रेट टोलीका मुख्य प्रशिक्षकमा भारतका पूर्वक्रिक्रेटर उमेश पटवाल नियुक्त भएका छन्।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जुन १० बाट लागू हुने गरी पटवालले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

एक वर्ष कार्यकाल लागी नेपाल आएका पटवालले आफ्नो लक्ष्य नेपाललाई टी–२० विश्वकप खेलाउने भएको बताएका छन् । यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भइसकेका मुख्य प्रशिक्षक पटवालले क्रिकेट कल्चर विकास गर्नुपर्नेमा जोड दिए । 

मासिक ७ हजार डलर पारिश्रमिक पाउनेगरी नियुक्त भएका  पटवालले राष्ट्रिय टिमसँगै यू–१५ र १९ लाई पनि सँगसँगै अगाडि ल्याउनुपर्नेमा जोड दिए ।

नेपालका कप्तान पारस खड्काले पटवालको नियुक्तिमा खुसी व्यक्त गरे । प्रशिक्षक र खेलाडीको मेहनतले नेपाली क्रिकेट यहाँसम्म आएको र अब अगाडि बढ्न विशेषज्ञ प्रशिक्षकहरु चाहिएको भन्दै उनले भने, ‘यो सुरुवात मात्र हो । प्रशिक्षक आउँदैमा आजको भोलि सबथोक हुँदैन । तर, अहिलेका लागि खुसी छौं ।’