रोनाल्डोको ह्याट्रिकले पोर्चुगल फाइनलमा

रोनाल्डोको ह्याट्रिकले पोर्चुगल फाइनलमा
तस्विर सौजन्य : TSN

जेठ २३, काठमाडौं । 
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको खेलमा पोर्चुगल लागि ३ गोल नै रोनाल्डोले गर्दै ह्याट्रिक पुरा गरे । यता स्विटजरल्याण्ड रिचार्डो रोड्रिग्वेजले १ गोल फर्काएपनि जितमा लागि प्रयाप्त हुन सकेन । 

खेलको २५ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्डका रिचार्डो रोड्रिग्वेजले पेनाल्टीमा गोल गरेका थिए । खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र पोर्चुगललाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।

८८ औ मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । ईटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोले कर्नर पासको सदुपयोग गर्दै ९० औ मिनेटमा ह्याट्रिक पुरा गरे । 

पोर्चुगलले उपाधिका लागि बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल आईतबार पोर्टोमा हुनेछ ।