विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
file photo

साउन ८, काठमाडौं । 
आईसीसी २० २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

वर्षाका कारण खेल ९ ओभरमा छोट्याइएको खेलमा  मलेसियाले पहिलो ब्याटिङ गर्दै निधारित ओभरमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।

८४ रनको लक्ष्य पक्षाउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाए । नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गरेको हो ।

त्यस्तै प्रदीपले १४ बलमा १२ रन बनाएर ज्ञानेन्द्रलाई राम्रो साथ दिए । विनोद भण्डारीले ८ बलमा १ छक्कासहित अविजित १३ रन बनाए ।  मलेसियाका मोहम्मद स्याहादातले ३ विकेट लिए ।

त्यस्तै नेपालका लागि सोमपाल कामीले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछानेले र करण केसीले १–१ विकेट लिए ।