विश्वकप फुटवल २०२२ को लोगो सार्वजनिक

विश्वकप फुटवल २०२२ को लोगो सार्वजनिक

एजेन्सी –कतारमा हुने विश्वकप फुटवल २०२२ को लोगो सार्वजनिक भएको छ ।

यूनेस्को सम्पदा सूचीमा रहेका कतारका भव्य प्राचिनतम महलहरुमा लाखौं दर्शकका सामु लोगो सार्वजनिक गरिएको हो ।इनबेल्म अर्थात पहिचान चिह्नका रुपमा पनि यस लोगोलाई लिन सकिन्छ । बुर्ज दोहा, कतारा कल्चरल भिलेज, सुक वकिफ र अल जुब्राह फोर्टमा यस इन्बेलमको सार्वजनिक कार्यक्रमे थियो ।

मुम्बई, पेरिस, मस्को, भेनिस, जोहान्वर्ग, सियोल, लण्डन लगायत थुप्रै शहरका मुख्य ठाँउमा विश्वकप फुटवल २०२० को लोगो देखाइएको थियो ।लोगोमा विश्वकप आयोजना हुने कतारका ८ रंगशालाको प्रतिनिधित्व हुने गरि ८ अकंलाई जोड दिएर मरुभूमिको संस्कृति झल्किने रंग प्रयोग गरिएको छ । नोभेम्बर २१ २०२२ देखि डिसेम्बर १८ सन् २०२२ सम्म यो प्रतियोगीता आयोजना हुनेछ ।