नेपाल क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने

नेपाल क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने

भदौ ३०, काठमाडौं । 

 

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) , अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधिसहितको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो ।

क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका प्रतिनिधि आइबार नेपाल आएका थिए । नेपाल आएका आईसीसी प्रतिनिधि इमरान ख्वाजा र अमर शेखसहतिको टोलीले क्यानको निर्वाचनका सन्दर्भमा सोमबार बिहान राखेपका सदस्य सचिव रमेश सिलवार र स्वतन्त्र कमिटीका कानूनी सल्लाहकार राजेश्वर श्रेष्ठसँग छलफल गरेको थियो ।

सोही छलफल पश्चात क्यानको केन्द्रीय निर्वाचन असोज १० र ११ गते स्वच्छ, निश्पक्ष र मर्या्दित तरिकारले सम्पन्न गर्ने गरी सहमित जुटेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिए ।