सन्दीपले ३ विकेट लिए पनि जिम्बावेविरुद्ध नेपाल पराजित

सन्दीपले ३ विकेट लिए पनि जिम्बावेविरुद्ध नेपाल पराजित
file photo

असोज १०, काठमाडौं । 
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग  ५ विकेटले पराजित भएको छ ।

शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बावेले १८.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। 

जिम्बावेका लागि रायन ब्रुलले नटआउट ४१ रन र रिचमड मुटुम्बानीले नटआउट ४० रनको योगदान दिए। उनीहरुबीच छैटौं  विकेटका लागि ६९ रनको साझेदारी भएको थियो। 

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान पारस खड्काले २ ओभरमा १० रन खर्चेर १ विकेट लिए । पहिलो डेब्यू खेल खेलेका कुशल मल्लले ३ ओभरमा २८ रन खर्चिए ।