पारसको कीर्तिमानी शतकमा नेपालद्वारा सिंगापुर पराजित

पारसको कीर्तिमानी शतकमा नेपालद्वारा सिंगापुर पराजित

असोज १२, काठमाडौं । 
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा कप्तान पारस खड्काले कीर्तिमान शतक प्रहार गरेसँगै नेपालले सिंगापुरलाई ९ विकेटले  हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।

नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए । 

ओपनर इशान पाण्डे ५ रनमा आउट भएपछि कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स सम्हालेर जित दिलाए । 

टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाए । उनले ९ छक्का र ७ चौकाको सहायताले  १ सय ६ रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिए ।

जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एक खेलबाट अंक विहिन सिंगापुर तालिकाको पुछारमा छ । सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै  बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।