त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकी टोली

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकी टोली

२० माघ, काठमाडौं । 
आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिकी टोली  आज नेपाल आइपुगेको छ ।

यही फेब्रअरी ५ बुधबार बाट  कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

३ दिन  भारतको मुम्बईमा प्रशिक्षण र अभ्यास खेल खेलेर नेपाल अमेरिकी टोली नेपाल आइपुगेको हो ।

माघ २२ देखि २९ गतेसम्म हुने सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछ ।

अमेरिकी क्रिकेट टिम एक दशकपछि नेपाल आएको हो । सन् २०१० मा नेपालमै भएको डिभिजन ५ मा खेल्न अमेरिका पछिल्लो पटक काठमाडौं आएको थियो।