एट्लेटिको मड्रिडलाई हराउदै  रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

एट्लेटिको मड्रिडलाई हराउदै  रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा
तस्विर सौजन्य :BBC

माघ २७ , काठमाडौं । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्न सफल भयो । रियल मड्रिडको जितमा कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले एक एक गोल गरे । यता, एट्लेटिको मड्रिडका लागि एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।सोही खेलमा वेल्सका स्ट्राइकर ग्यारेथ बेलले ला लिगामा एक सयौँ गोल गर्न सफल भएका छन् ।

खेलको १६ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा घरेलु ग्रीजम्यानले गोल गरेपछि एट्लेटिको मड्रिडले खेल १–१ गोलको बराबरीमा ल्याएको थियो । तर खेलको ४३ औं मिनेटमा रामोसले पेनाल्टीबाट गोल गर्दै रिय मड्रिडलाई २–१ गोलको अग्रता दिलाए । बेलले ७४ औं मिनेटमा गोल गरेपछि रियल मड्रिडले खेल ३–१ गोलअन्तरले जित हात पारेको हो ।

जितपछि रियल मड्रिडले २३ खेलबाट ४५ अंक साथ दोस्रो स्थानमा छ भने समान  खेलबाट एट्लेटिको मड्रिडको ४४ अंक छ ।