हिरो गोल्डकप फुटबलमा नेपालद्वारा भारत पराजित

हिरो गोल्डकप फुटबलमा नेपालद्वारा भारत पराजित

२९ माघ, काठमाडौं । हिरो वोमेन्स गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा नेपालले दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई २–१ गोल अन्तरले हराएको छ ।

साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले आयोजना गरेको खेलमा भारतलाई पहिलो पटक पराजित गर्न सफल भएको छ । खेलमा नेपाललाई जित दिलाउने क्रममा दुबै गोल सावित्रा भण्डारीले गरिन् । खेलको पाँचौ र सातौं मिनेटमा भण्डारीले नै प्रहार गरेको गोलले नेपालको जित सुनिश्चित गरायो । भारतको तर्फबाट रत्नाबाला देवीले फ्रीकिकमार्फत खेलको ८४औँ मिनेटमा गोल गरिन् । 

भारतलाई पराजित गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना पनि बढेको छ । नेपालले अब अन्तिम खेल बुधबार इरानसँग प्रतिस्पर्धा गर्ने छ । इरानलाई नेपालले पराजित गरेमा फाइनल यात्रा तय गर्नेछ ।