इरानलाई हराउँदै नेपाल फाइनलमा

इरानलाई हराउँदै नेपाल फाइनलमा


फागुन १, काठमाडौं । इरानमाथि सहज जित हात पारेको नेपाली महिला फुटबल टिम  ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलको सुनौलो यात्रा तय गरेको हो ।

आफ्नो पहिलो खेलमा म्यानमारसँग हारेको नेपालले दोस्रो खेलमा भारतलाई हराएपछि फाइनलमा पुग्ने सम्भावना कायम राख्दै अन्तिम खेल गर या मर को अवस्थामा पुगेको नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गर्दा उता अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का बनाएको हो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालको जितमा नेपालकी अनिताले ४१ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता  दिलाइन। यस्तै सावित्राले ५९ औं र ८९ औं मिनेटमा गोल गर्दै नेपालको जितलाइ पक्का बनाएकी थिइन् ।  गर्न सफल भएकी थिइन् ।  जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ।