धावक उसेन बोल्टलाई कोरोना सङ्क्रमण

धावक उसेन बोल्टलाई कोरोना सङ्क्रमण

एजेन्सी, ९ भाद्र । 
विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

जमैकाको स्वास्थ्य मन्त्रालयले  ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरेको हो । 

३४ वर्षीय धावक बोल्टले जमैकामा  जन्म दिनको भब्य पार्टी गरेपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा भिडियो म्यासेज अपलोड गर्दै बोल्टले गएको शनिबार आफूमा सङ्क्रमण पुष्टि भएको र अहिले जमैकामा रहेको घरमा आइसोलेशनमा बसेको बताएका छन् ।