सुनिल ढुंगाना स्मृति टि-१० क्रिकेट प्रतियोगिता फागुन ८ देखि, बिजेतालाई १ लाख

सुनिल ढुंगाना स्मृति  टि-१० क्रिकेट प्रतियोगिता फागुन ८  देखि, बिजेतालाई १ लाख
तस्विर सौजन्य : NCSS

तिलोत्तमा, १८ माघ ।
राष्ट्रिय अम्पायर तथा तिलोत्तमा क्रिकेट विकास समितिको सस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुंङ्मनाको स्मृतिमा 'प्रथम सर्बोत्तम सिमेन्ट सुनिल ढुंङ्गना स्मृति  खुल्ला टि-१० नकआउट क्रिकेट प्रतियोगिता' हुने भएको छ  । 

तिलोत्तमा क्रिकेट विकास समितिले शनिबार तिलोत्तमाको मणिग्राममा पत्रकार सम्मेलन गरि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन खेल मैदानमा  फाल्गुन ८ गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी गराएको छ ।

प्रतियोगिताको मुख्य उदेश्य स्वर्गीय ढुंङ्गनाको नाममा अक्षयकोष स्थापना गर्ने र उक्त रकम बाट तिलोत्तमा नगरपालिका भित्रका बिद्यायल  स्तरका  २ जना छात्र र १ जना छात्रा गरि ३ जनालाइ क्रीकेट खेलाडी छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको ।

प्रतियोगिताको पुरस्कार राशीतर्फ  बिजेताले नगद १ लाख नगद र उपबिजेताले ५० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन  भने विधागत रुपमा उत्कृष्ट खेलाडीहरुमा म्यान अफ दि सिरिजले १० हजार , उत्कृष्ट ब्याट्सम्यानले ५ हजार , उत्कृष्ट बलरले ५ हजार , उदयमान खेलाडीले ५ हजार र हरेक खेलको म्यान अफ दि म्याचले १ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। 

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा सर्बोत्तम सिमेन्ट रहेको छ ।