’ए’ डिभिजन लिग : जावलाखेलसँग च्यासल पराजित

’ए’ डिभिजन लिग : जावलाखेलसँग च्यासल पराजित

१५ पुस, काठमाडौं ।
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्धको खेलमा २:० को सानदार जित निकालेको छ । 

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउने क्रममा रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जावलाखेलले उत्कृष्ट खेल खेल्दै दुई गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । 

जीतसँगै जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ । च्यासल भने ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।