प्रधानमन्त्री कप: उपाधी रक्षाका लागि आर्मी र एपीएफ मैदानमा

प्रधानमन्त्री कप: उपाधी रक्षाका लागि आर्मी र एपीएफ मैदानमा

काठमाडौं, १७ माघ ।

चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब अहिले भिड्दै छन् ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि यि दुइै टिम उपाधी रक्षाका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि  एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।

एपीएफको कप्तानी शरद भेषवाकरले गरेका छन् भने आर्मीको नेतृत्व विनोद भण्डारीले गरेका छन् ।

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले वाग्मती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । एपीएफ समूह विजेता तथा आर्मी उपविजेता बनेको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको प्रतियोगिताको विजेताले १० लाख तथा उप विजेताले ५ लाख पुरस्कार पाउने हात पार्ने छन् ।