सेभियाले जित्यो छैटौं पटक युरोपा लिगको उपाधि

सेभियाले जित्यो छैटौं पटक युरोपा लिगको उपाधि

एजेन्सी, ६ भाद्र । 
युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । 

शुक्रबार राति जर्मनीमा भएको फाइनलमा सेभियाले इन्टरमाथि ३–२ को रोमाञ्चक जित हात पाऱ्यो । सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे । 

यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एकरएक गोल फर्काए ।

सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि जितेको छ ।