टि २० सिरिज जित्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब

टि २० सिरिज जित्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब
तस्विर सौजन्य : Courtesy UAE cricket officials

माघ १८, काठमाडौं । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टि २० सिरिज आफ्नो पक्षमा पार्न आज हुने दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । 

एक दिवसीय सिरिज २–१ ले जितेको नेपाल टी-२० सिरिजको पहिलो खेलमा युएईसँग पराजित हुँदै तीन खेलको सिरिजमा नेपाल  १-० ले पछि परेको छ।

पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृङ्खलामा कब्जा जमाएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । 

पहिलो टि–२० खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै तीन खेलको शृङ्खला एक–एक जीतको बराबरी गर्न चाहन्छ तर, हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिसकेको नेपालले अहिलेसम्म टी–२० शृङ्खला जित्न सकेको छैन् ।

नेपाल र युएईबीचको खेल  दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरु हुनेछ ।