बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँमा

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँमा

काठमाडौँ, ८ मंसिर ।
बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । 

नेपाल क्रिकेट सङ्घ ९क्यान०ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि सबै खेलाडी तथा प्रशिक्षकको मङ्गलबार पिसिआर परीक्षण गर्ने भएको छ । नेपाली राष्ट्रिय टोलीका फिजिओ विक्रम न्यौपानेका अनुसार खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । 

कोरोना भाइरसको महामारीका कारण बन्द प्रशिक्षण नौ महिना ढिला हुन लागेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आवश्यक सबै सावधानी अपनाएर बन्द प्रशिक्षण गर्ने बताए । 

प्रशिक्षणमा सहभागी हुने खेलाडीमा ज्ञानेन्द्र मल्ल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, कारण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् । 

प्रशिक्षकमा जगत टमाटा रहेका छन् । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा ५ सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।