ओमानद्वारा नेपाललाई १ सय ९८ रनको लक्ष्य

ओमानद्वारा नेपाललाई १ सय ९८ रनको लक्ष्य

२२ माघ, काठमाडौं । 
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । 

नेपालका लागि करण केसीले ४ विकेट लिए । ओमानका ओपनरद्धय जतिन्दर र खावर अलीलाई आउट गरेका करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चे । त्यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सुसन भारीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए । 

नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेको हो । लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ८ खेल खेलिसकेको छ ।