रुपन्देहीको गैडहवामा खुल्यो सुविधासम्पन्न क्रीकेट एकेडेमी

रुपन्देहीको गैडहवामा खुल्यो सुविधासम्पन्न क्रीकेट एकेडेमी

अनिल सापकोटा ।
रुपन्देही, ७ कार्तिक ।
रुपन्देहीको गैडहवा गाउँपालिका ८ देबिनगर स्थित निर्माण सम्पन्न नेशनल क्रीकेट एकेडेमी (एनसिए) को आज एक कार्यक्रमकाबिच समुद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद भुमेश्वर ढकाल, मेयर बच्चु लाल केवट, वडा अध्यक्ष भुवन राना मगर, राष्ट्रिय महिला क्रीकेट कृतिका मरासिनी, क्रिकेट समर्थक समाज रुपन्देही लगायत स्थानीय क्रीकेट प्रेमिको उपस्थिति रहेको थियो ।

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना कोलोनी देखि ८ किलोमीटर दक्षिण र लुम्बिनी देखि ११ किलोमीटर उत्तर बिचमा पर्ने यो एकेडेमी हाल ३ कठ्ठा जग्गामा निर्माण सम्पन्न भएको छ भने आगामी दिनमा ३० कठ्ठा क्षेत्रफल जग्गामा सम्पूर्ण सेवा सुबिधा सहित निर्माण बिस्तार गर्ने योजना रहेको एकेडेमीका संचालक शिवनाथ बरालले बताए ।

रुपन्देहीको दक्षिणी भेगमा क्रिकेटको उच्च सम्भावना बोकेका खेलाडी रहेका छन्। आजबाट प्रशिक्षण सुरु गरेको यस क्रीकेट एकेडेमीले लुकेका रहेका प्रतिभालाई उजागर गर्न टेवा पुग्ने रुपन्देही क्रिकेट समर्थक समाजका सल्लाहकार तारा पाठकले बताए ।

एकेडेमीको प्रमुख प्रशिक्षकमा भारतको स्टेट लेभल क्रीकेट समेत खेलेका कृष्ण गिरि रहेका छ । एकेडेमीमा बिहान र बेलुका गरेर दुइ सिफ्टमा क्रीकेट प्रशिक्षण हुनेछ भने पुरुष मात्र नभएर महिला क्रीकेटको पनि नियमित अभ्यास र प्रशिक्षण हुने साथै गरिब जेहन्दार र मिहिनेत क्रीकेट परिक्षार्थीलाई प्रशिक्षणमा विशेष छुट पनि रहने एकेडेमीले जनाएको छ ।

हाल एकेडेमीमा ३ ट्रर्फ विकेट पिच र १ सिमेन्टेट पिच लगायत अभ्यास र प्रशिक्षण गर्न आबश्यक एरिया रहेको छ । नेशनल क्रीकेट एकेडेमी एन्ड क्लब नाम दिइएको एकेडेमी गैडहवाका स्थानीय युवा शिवनाथ बराइ, अनिल पोखरेल तथा कृष्ण गिरिको संयुक्त ब्याक्तिगत लगानिमा निर्माण भएको हो ।

आगामी दिनमा एकेडेमीकै क्रीकेट टिम तयार गरि स्थानीय क्रीकेट प्रतिभालाई माथिल्लो स्तरसम्म गैडहवा प्रीमिएर लिग आयोजना गर्ने एकेडेमिको लक्ष्य रहेको छ ।