प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण

प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण

१३ असोज, ऐजेन्सी । 
प्रिमियर लिगका १० जना खेलाडी तथा स्टाफ लाई कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रिमियर लिगमा पछिल्लो साता १ हजार ५ सय ९५ जना क्लबका खेलाडी र स्टाफमा गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ ।

प्रिमियर लिगले नयाँ सिजन सुरु भएयता प्रत्यक हप्ता २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ । 

पोजेटिभ देखिएका खेलाडी तथा स्टाफहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बसेका छन् ।