खेलाडीमा कोरोना देखिएपछि दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको एकदिवसीय सिरिज रद्द

खेलाडीमा कोरोना देखिएपछि दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको एकदिवसीय सिरिज रद्द

काठमाडौं, २३ मंसिर ।
दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ ।

दुबै देशका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द भएको हो ।

दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारीलाई र इंग्ल्यान्डका दुई खेलाडीमा समेत कोरोना पुष्टि भएपछि सिरिज रद्द गरिएको हो

शुक्रबार र आइतबार तय भएको खेल खेलाडीमा कोरोना देखिदा स्थगित गरिएको थियो ।

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच टी-ट्वान्टी सिरिज भने पुरा भईसकेको छ । तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले क्लिन स्विप गरेको थियो ।