कोसोभोमाथी स्पेनको सहज जित

कोसोभोमाथी स्पेनको सहज जित

एजेन्सी, १९ चैत ।  
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा कोसोभोमाथी स्पेनले सहज जित निकालेको छ ।

बुधबार राति स्पेनको घरेलु मैदानमा भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४३ औं मिनेटमा डानिल ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

खेलको ३६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।

खेलको ७० औं मिनेटमा कोसोभोका बेसार हालिमीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई ३-१ को जित दिलाए ।

जितसँगै स्पेनले ३ खेलमा ७ अंक जोडेको स्पेन समूह 'बी' को शीर्ष स्थानमा रहेको छ ।