रोनाल्डो चम्किँदा युभेन्ट्सको शानदार जित

रोनाल्डो चम्किँदा युभेन्ट्सको शानदार जित
रोनाल्डो चम्किँदा युभेन्ट्सको शानदार जित

काठमाडौं, १७ कार्तिक । 
इटालियन सिरी ‘ए’ फुटबलमा क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको हो । 

कोरोना भाईरसको संक्रमण भएपछि ३ साता मैदान बाहिर रहेका रोनाल्डोले कोरोना मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् । यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे ।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ३२ औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १(१ गोलको बराबरीमा ल्याए ।

परिवर्तित खेलाडीको रुपमा दोस्रो हाफमा पछि मैदान प्रवेश गरेका रोनाल्डोले खेलको ५९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सको अग्रता ३-१ को बनाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए ।