काठमाडौँ उपत्यकाको सडक लाइट उपकरणबाटै व्यवस्थापन गर्ने तयारी

काठमाडौँ उपत्यकाको सडक लाइट उपकरणबाटै व्यवस्थापन गर्ने तयारी
प्रतिकात्मक तस्वीर

२९ पुस, काठमाडौं

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका  बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।

यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक–फरक रूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका तयारी छ ।

अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका छन् तर ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ भने सवारी चाप हेरेर कतातिरको सडकमा कतिबेर बाल्ने भन्ने निर्धारण उपकरणले नै गर्दछ ।

विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने विभागको तयारी छ । डिजाइन भइसकेपछि विभागले खरिद प्रक्रिया अघि बढाउने जनाएको छ ।

एक दशक पहिले नै काठमाडौँ उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आर्थिक वर्षमा ५ चोकमा र आगामी आर्थिक वार्षमा मा ७ ठाउँमा बत्ती जड्ने विभागको योजना छ ।