रियलमीको नयाँ फोन नेपाली बजारमा, यस्ता छन् फिचर

रियलमीको नयाँ फोन नेपाली बजारमा,  यस्ता छन् फिचर

काठमाडौँ, २० माघ।

स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वेलकम स्न्यापड्रागन प्रोसेसरले द्रूत र शक्तिशाली बनाएको र ८ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेसनभन्दा बाहिर पनि सँधैँ काम गरिरहने कम्पनीले जनाएको छ ।

कम्पनीले अल्ट्रालंग ब्याट्री र थप फिचरसहित यस संस्करणको मोबाइल बजारमा ल्याएको हो । मोबाइलमा ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेरा रहेको छ । रियलमीले उच्च पर्फमेन्स, एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीब्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ । एक पटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिने, एकपटकको चार्जले ४८ दिनसम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ ।

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु राखेको छ । यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा छ, यसले १०८० पी मा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा दिएको छ ।

कम्पनीले यस फोनको खरीदमा ३६५ दिनको वारेन्टी समेत दिएको छ । कम्पनीले नेपालमा ४/६४ जीबीको मोबाइल फोनको मूल्य १९ हजार ९९० ताेकेकाे छ ।