घरमै बसेर दशैंका लागि अनलाइनबाट यसरी किन्न सकिन्छ जिउदो खसी

घरमै बसेर दशैंका लागि अनलाइनबाट यसरी किन्न सकिन्छ जिउदो खसी

१ असोज, काठमाडौं । 
हिन्दु धर्मावलम्बीको प्रमुख चाड दशैमा प्राय मानिसहरु जिउदो खसी, बोका वा कुखुरा तथा हाँस खोज्छन् । 

आम मानिसको इच्छा पुरा गर्न ग्यापु डटकमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस जिउदै होम डेलिभरि गर्ने भएको छ।

घरयासी तथा अफिसियल धेरै प्रकारका सामाग्रीहरु र बाजेको सेकुवाको मिठोमिठो परिकार पाइने ग्यापुमा अब आफुले भनेजस्तो अनलाइनमै भिडियोकलबाट रोजेर खसि, बोका तथा कुखुरा हाँस किन्न पाइने भएको छ । 

यसका लागि ग्यापु डटकमले दशैका लागि खसि बोकाको प्रि-बुकिङ पनि सुरु गरिसकेको छ ।

ग्राहकले सामान खरिद गर्दा फोन पे, कनेक्ट आईपीएस, सेल पे, ईसेवा, खल्ती, आईएमई पे, प्रभु पेबाट लगायतका विभिन्न माध्यमबाट भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

ग्राहकले डेलिभरीको समयमा डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सक्नेछन् भने नगद पनि दिन सक्नेछन् ।