आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न, १२ विधाका बिजेतालाई सम्मान

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न, १२ विधाका बिजेतालाई सम्मान

१२ पुस, काठमाडौं ।
नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजनामा सम्पन्न ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्प्रधिलाई अवार्ड प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोकका सदस्य डा राम कुमार फुयाल र हुवावे नेपालका सिइयो ज्याङ जियोजिङ लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

आइसिटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ुसञ्चै छौुदेखि डिजिटल गर्भनेन्सको उत्कृष्ट संस्था आन्तरिक राजश्व विभागससम्मले अवार्ड प्राप्त गरेका थिए । पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरेभने आन्टरप्रनेर अवार्ड बिनय वोहोराले जित्न सफल भए । यसैगरी वुमन आइन आइसिटी अवार्ड तिमिला यामीले प्राप्त गरिन भने नेपाली डायस्पोरा आइसिटी अवार्ड गौरवराज उपाध्यायले जितेका छन । एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको थियो भने स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ । प्रडक्ट आइसिटी अवार्ड सिपिएफडिएस र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थले प्राप्त गरेको छ ।

ह्वावे आइसिटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका टप फाईभ बिजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ । यो सँगै एनसेलले इन्नोभेसन विधाका विजेतालाई ३ लाख रुपैया रकम पनि उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई फाइबर, जिनस सोलुसनले ५ हजार डलर बराबरको क्रेडिट, इसेवाले विजनेश प्रवद्धन निशुल्क गरेका छन ।

अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर बृहत रुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए । अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसन देखि सरकारीसस्थााई समेत अगाडी बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाई थियो ।

ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ नियमित विधाहरूमा अवार्ड प्रदान गरिँदै आएकोमा यस पटक एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिएको छ । अवार्डका लागि यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो ।

अवार्ड जित्नेमा स्टार्टअप आइसिटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रा.लि., प्रडक्ट आइसिटी अवार्ड– सीपीएफडिएस, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – सन्चै छौं, एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आइसिटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर, डिजिटल एजुकेशन अवार्ड– बुढानिलकण्ठ स्कूल, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड– आन्तरिक राजस्व विभाग, पायोनियर आइसिटी अवार्ड– निलकण्ठ उप्रेति, आन्टरप्रेनर आइसिटी अवार्ड– विनय बोहरा, नेपाली डायस्पोरा आइसिटी अवार्ड– गौरभ राज उपाध्याय, वुमन आइकन आइसिटी अवार्ड–तिमिला यमी थापा, मिडिया पर्सन आइसिटी अवार्ड– किरण आचार्य, जुरी मेन्सन आइसिटी अवार्ड– हाम्रो स्वास्थ्य रहेका छन् ।