३ दिनसम्म अधिकांश स्थानमा आशिंक बदली भई हल्का वर्षा र हिमपातको सम्भावना

३ दिनसम्म अधिकांश स्थानमा आशिंक बदली भई हल्का वर्षा र हिमपातको सम्भावना

फागुन १२, काठमाडैं । पश्चिमी वायुको प्रभावका कारण शनिबार बेलुकादेखि देशैभर आशिंक बदली भई केही स्थानमा हल्का वर्षा  भएको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिउसो सम्म नै पानी पर्ने सम्भावना रहेको मोसम विभागले जनाएको छ ।

शनिबार प्रवेश गरेको जलवाष्प कमजोर भएपनि आगामी बुधबारसम्म रहन सक्ने प्रक्षेपण गरिएको छ । सोमबार पश्चिमी क्षेत्रका तराई र पहाडी क्षेत्रमा छिटफुट वर्षा हुने देखिएको छ भने उच्च हिमाली क्षेत्रमा हलुका हिपपातको सम्भावना मोसम विभागले जनाएको छ ।

सोमबार उपत्यका सहित पूर्वी पहाडी क्षेत्रमा आशिंक बदलीसहित छिटफुट वर्षा हुन सक्ने देखिएको छ । यसरी मंगलबार पनि देशैभर आशिंक बदली र उच्च हिमाली क्षेत्रमा हलुका हिमपात हुने प्रक्षेपण गरिएको छ । तर, भारी वर्षा हिमपातको सम्भावना भने नभएको विभागले जनाएको छ ।  

बुधबार दिउँसोदेखि भने मौसम पूर्ण रुपमा सफा हुन सक्ने महाशाखाले जनाएको छ ।