आज चर्को घाम, भोलीदेखी पुन : वर्षा दोहोरिने

आज चर्को घाम, भोलीदेखी पुन : वर्षा दोहोरिने

फागुन १७, काठमाडौं । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।  शुक्रबार मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि मौसमफेरि प्रभावित भइ बर्षा तथा हिमपातको सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक– दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमवल ८ डिग्री र अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस रहनेछ ।