देशभर मौसम बदली, तीन दिनसम्म पानी पर्न सक्ने

देशभर मौसम बदली, तीन दिनसम्म पानी पर्न सक्ने
तस्विर सौजन्य : द हिमालयन टाइम्स

चैत २१, काठमाडौं । 
पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज तराईका क्षेत्रमा अपराहन्नतिर हावाहुरी चल्न सक्ने मौसमविदले बताएका छन्।

बिहिबार राति देशको पूर्वी र मध्य भू-भागमा आंशिक बदली रही पश्चिमी भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ। शुक्रबार देशका मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

शुक्रबार देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ। उच्च हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.८ डिग्री र अधिकमत तापक्रम २६.६ डिग्री सेल्सियस छ।