अझै तीन दिन मौसम सफा नरहने

अझै तीन दिन मौसम सफा नरहने
तस्विर सौजन्य : द हिमालयन टाइम्स

चैत २३, काठमाडौं । 
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । 

महाशाखाको अनुमान अनुसार शनिबार, आइतबार र सोमबार देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना भएकाले सचेत रहेर बस्न समेत आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकामा आज दिउँसो केहीबेर र बेलुका केहीबेर मौसम खुल्ला भई घाम लाग्ने र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।