तीन दिनसम्म हावाहुरीसहित वर्षा : मौसम विभाग

तीन दिनसम्म हावाहुरीसहित वर्षा : मौसम विभाग
तस्विर सौजन्य : AzerNews

वैशाख २८, काठमाडौं । 
शनिबारदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा केही  स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

यस्तो छ मौसम पूर्वानुमान  सम्बन्धी बुलेटिन

वैशाख २८ गते (शनिवार)

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही  केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। 

राति : देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। 

वैशाख २९ गते (आइतवार)

दिउँसो : देशभरि  आंशिक देखि सामान्य बदली रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ। 

राति : देशभरि  आंशिक देखि सामान्य बदली रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ। 

वैशाख ३०  गते (सोमबार)

दिउँसो : देशभरि  आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ।  

राति : देशभरि  आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका धेरै स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ।