रुपन्देहीमा शनिवार पाँच वर्ष यताकै उच्च तापक्रम

रुपन्देहीमा शनिवार पाँच वर्ष यताकै उच्च तापक्रम

जेष्ठ ३२, बुटवल । 
 पछिल्लो एक सातादेखि बढेको अत्याधिक गर्मीलेले रुपन्देही सहित तराईका जिल्लाको जनजिवन अस्तव्यस्त भएको छ । 

जलतथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय भैरहवका अनुशार शनिबार पछिल्लो पाच वर्ष यताकै सबैभन्दा उच्च तापक्रम मापन भएको छ । कार्यालय प्रमुख राजेश झा का अनुसार शनिबार अहिलेसम्मको उच्च तापक्रम ४३ दशमल ३ डिग्री सेल्सीयस तापक्रम रेकड भएको छ । उनका अनुशार यस अघि सन् २०१५ मा सोहि बरावरको तापक्रम रहेको थियो ।

चुरे क्षेत्रमा वर्षेनी डढेलो लगाउँदा तापक्रम बढ्ने मात्र होइन खानेपानीका स्रोत पनि मासिदै गएका छन्। अत्याधिक मात्रामा गर्मी बढेपछी खुला आकाशमा काम गर्ने मजदुरहरु निकै प्रताडित भएका छन् ।

यता गर्मीका कारण अस्पताल बिरामीको संख्यामा बृद्धि भएको छ । झाडापखाला, निमोनीया, डाईरीया, दमका बिरामीको संख्या बृद्धी भएको लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरीडेन्ट डा. कृष्ण खनालले बताए ।

उनका अनुसार गर्मि बढे संगै निमोनीया र डाईरीया बिरामीहरु मध्ये ६ महिना देखि ५ बर्ष मुनीका बालबालिकाहरु बढी मात्रामा प्रभाबित भएको र दैनिक रुपमा आउने गरेका छन् ।