तीन दिन लगातार मनसुन सक्रिय हुने

तीन दिन लगातार मनसुन सक्रिय हुने

काठमाडौं, २४ साउन ।
नेपालमा फेरि अबका तीन दिन मनसुन सक्रिय हुने भएको छ ।

शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अबको दुईतीन दिन केही स्थानमा ठूलो वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

मौसम विभागका अनुसार यस वर्ष मनसुन बढी सक्रिय रहेको देखिएको र निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको हो । 

आज रातिबाट दुई/तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा वर्षा हुने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।