यूएईका कप्तानसहित तीन खेलाडीलाई आईसीसीले लगायो प्रतिबन्ध

यूएईका कप्तानसहित तीन खेलाडीलाई आईसीसीले लगायो प्रतिबन्ध

असोज ३०, काठमाडौं ।
म्याच फिक्सिङको आरोपमा आईसीसीले  यूएईका कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको छ ।

टी-२० विश्वकप छनोटको मुखैमा आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडीलाई प्रतिबन्धमा पारेको हो ।

अष्ट्रेलियामा २०२० मा हुने टी-२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताअघि  आफ्ना तीन खेलाडीले खेल मिलेमतो गर्दै भ्रष्टाचार गरेको आरोपमा निलम्बन परेपछि यूएई टिम कमजोर बनेको छ ।