शाहरुखको ‘पठान’मा एक्सनको भुमिका निभाउदै दीपिका

शाहरुखको ‘पठान’मा एक्सनको भुमिका निभाउदै दीपिका

ऐजेन्सी, १३ साउन । 
हलिउड तथा बलिउड नायिका दीपिका पादुकोणले शाहरुख खान निर्माण गरिरहेको फिल्म  ‘पठान’ मा क्सनको भुमिका निभाउने भएकी छिन् । 

लामो समयदेखि चर्चामा रहेको शाहरुखको फिल्म ‘पठान’ मा दीपिकाले अभिनय गर्ने कुरा पहिले नै सार्वजनिक भएपनि दीपिकालाई कस्तो भुमिकामा देख्न सकिन्छ त्यो प्रष्ट पारिएको थिएन । 

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनका फ्यानले पठान मा दीपिकाको एक्सन हेरेर मनोरञ्जन लिन पाउने छन् । 

श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । 

फिल्ममा उनले हतियार चलाएर गुन्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।