तेन्दुलकर र अफ्रीदीलाई पछि पार्दै  रोहितले बनाए नयाँ किर्तीमान

तेन्दुलकर र अफ्रीदीलाई पछि पार्दै  रोहितले बनाए नयाँ किर्तीमान
तस्विर सौजन्य : विकेट नेपाल

माघ १२, काठमाडौं ।

युएईमा जारी नपाल र युएई बिचको एकदिवसीय एएनआइ बि च्यालेन्ज सिरिज‘ अन्तर्गत आजको दोस्रो खेलमा नेपालका खेलाडी रोहितले कुमार पौडेलले अर्धशतक बनाउदै एक किर्तीमान बनाउन सफल भएका छन् ।

आइ सि सि एकेडमीमा भएको आजको खेलमा  पहिले टस जितेर ब्याटिङ नेपालले टार्गेट दिने क्रममा रोहितले अर्धशतक बनाएका हुन्। उनले ५८ बलमा ५५ रन बनाएर ७ चौका प्रहार गर्दै सबैभन्दा कम उमेरमा अर्धसतक बनाउदै किर्तीमान बनाउन सफल भएका हुन् ।

यसअघि एकदिवसीय क्रिकेटमा यो रेकर्ड पाकिस्तानमा अफ्रिदीको नाममा थियो । उनले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध १०२ रन बनाएका थिए । यता टेष्ट क्रिकेटमा भने यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो । उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध ५९ रन बनाएका थिए ।

पहिलो खेलमा हार ब्यहोरेको नेपालले आजको खेल जित्दै सिरिज बराबरी गरेको छ ।